एसीसी इमर्जिङ एसिया कपः नेपाल ४० रनले विजयी « Nagarik Khabar

एसीसी इमर्जिङ एसिया कपः नेपाल ४० रनले विजयी



काठमाडौं । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल विजयी भएको छ ।

२१८ रनको लक्ष्य पाएको हङकङलाई १७७ रनमा रोक्दै नेपालले ४० रनको जित हात पारेको हो ।

हङकङका किन्चित शाहले ५३, एहसन नवाजले ४४ हारुन मोहम्मद अरशदले २६, शाहिद वासिफ,अहसन अली र नसरुल्ला राणाले समान १०–१० रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेन ।

नेपालका करण केसी तथा लिस्ट ए मा डेव्यू गरेका अविनास वोहराले समान ३–३ तथा शुशान भारीले २ विकेट लिए ।

यसअघि कृरा शिखा ग्राउण्डमा टस हारेर पहिले व्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१७ रन बनाएको थियो ।

नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रनको अर्धशतकीय पारी खेले । यस्तै, शरद भेषवाकरसँग ८३ रनको साझेदारी गरेका दीपेन्द्र सिंह ऐरीले ३७ रन बनाए । यसैगरी, आरिफ शेखले ४२ रन तथा विनोद भण्डारीले १५ रन बनाए ।

ऐजाज खानले ३, नसरुल्ला राणा र एहसन खानले समान २–२ विकेट लिए ।

नेपालले समूह चरणको अन्तिम खेल आयोजक बंगलादेशसँग सोमबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: