चुनावी चासो: को हुन् धरानका उम्मेदवार तिलक राई ? « Nagarik Khabar

चुनावी चासो: को हुन् धरानका उम्मेदवार तिलक राई ?



  • भैरब आङ्ला

सुनसरी । यतिबेला धरान उपमहानगरपालिका चुनावमय भएको छ । विभिन्न राजनीतिक दलहरु उम्मेदवारी दर्ता गरेर अहिले भोट माग्न सर्वसाधरणको घर दैलो कार्यक्रममा व्यस्त छन् ।

घरदैलो कार्यक्रममा अरु दलहरु अलमल गरिरहेको बेलामा धरानमा नेपाली कांग्रेसले भने बेलैमा उम्मेदवारको टुंगो लगाएर चुनावी अभियानमा होमिएको थियो ।

एक जनामात्रै उम्मेदवार हुने भएपछि धरानमा नेपाली कांग्रेसले नेपाली कांग्रेस धरान उपमहानगरका सभापति तिलक राईको नाम सिफासिर गर्यो । अरु दलमा उम्मेदवार सिफारिसमै निकै सकस परेको बेला नेपाली कांग्रेस मतदाताको घर घरमा पुगेर चुनावी अभियानमा होमि सकेको थियो ।

अहिले धरानमा सबै दल आआफ्नो दाबीका साथ चुनाव प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेसले पनि कम्युनिष्टको पकड क्षेत्र मानिएको धरानमा यसपटक आफुले विजय हासिल गर्ने दाबीका साथ आफ्नो उम्मेदवार तिलक राईलाई लिएर चुनावी अभियान अघि बढाएको छ छ ।

को हुन तिलक राई ?

मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक मेयर पदका लागि उम्मेदवारी दिएका तिलक राई पिता स्वर्गिर्य मित्रकुमार राई र माता स्वर्गीय गंगा राईको कोखबाट २०३१ साल कात्तिक २ गते धरानमा जन्मिएका हुन् ।

धरान १८ मा स्थायी बसोबास गर्दै आएका राईले धरानको डिपो माध्यमिक बिद्यालयबाट तत्कालिन एस.एल.सी.उत्तिर्ण गरेका हुन् । उनले महेन्द्र बहुमखी क्यापस धरानबाट आइकम सम्मको अध्यन गरेका छन् । सानो उमेर देखिनै हक्की स्वभाबका तिलक धरानमा लोकप्रिय नेताको अग्रपंतिमा नै छन् । पछिल्लो समय धरानको विकास र समृद्धि अनि धरानको समस्या सँग निकै नजिक रहेका राई नेपाल बिद्यार्थी संघको राजनीतिमार्फत नेपाली कांग्रेसको राजनितिमा होमिएका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा तिलक राई तत्कालीन नेकपा एमालेका तारा सुब्बासँग पराजित भएका थिए ।

तिलक राईको राजनीतिक पृष्ठभूमि

  • २०४७ देखि नेपाली कांग्रेसमा आबद्ध भएर राजनीति सुरु ।
  • २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तिलक वडा नं १८ को सदस्य पदको उम्मेदवार
  • २०५४ सालमा नेबिसंघ धरान सचिव ।
  • २०५५ मा तरुण दल धरान नगर समिति सदस्य ।
  • २०५७ मा तरुण दल नगर अध्यक्ष ।
  • २०६२ सालमा नेपाली कांग्रेस नगर सचिव ।
  • २०६६ सालमा सम्पन १२ औं महाधिवेशनमा धरान सभापतिको उम्मेदवार ।
  • २०७२ मा सम्पन १३ औँ महाधिवेशनबाट नेपाली कांग्रेस धरानको सभापति ।
  • २०७४ सालमा मेयरको उम्मेदवार ।

सामाजिक पृष्ठभूमि

  • किरात राई यायोख्याको केन्द्रीय अध्यक्ष ।
  • नेपाल रेडक्रस सोसाइटी सुनसरीका सचिव
  • उद्योग बाणिज्य संघको कार्यकारी सचिव ।
  • सप्तकोशी बस व्यसायी संघका अध्यक्ष ।
  • नेपाल गल्फ एसोसिएसनका केन्द्रीय उपध्यक्ष ।
  • नेपाल शारीरिक सुगठनको ख श्रेणीको निर्णायक ।
  • सुम्निमा वर्कशप व्यसायी संगठन ।

तिलक राईका चुनावी प्रतिबद्धता

-धरान नगरलाई भ्रष्टाचार मुक्त नगर बनाउने ।

-भ्रष्टाचारको अन्त्य गराएर कर घटाउने ।

-धरानलाई देशको उत्कृष्ट प्रयटकीय क्षेत्रको रुपमा बिकाश गर्न विमानस्थलको लागि पहल गर्ने ।

-खानेपानीको समस्या समाधान र अव्यवस्थित बसपार्कलाई व्यावस्थित बनाउने । धरान हुँदै पहाडी जिल्ला जोड्ने राजमार्गलाई व्यवस्थित गरी सुन्दर सहरको रुपमा धरानको विकास गर्ने ।

-धरानको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, बिष्णुपादुका जस्ता धरान भित्रै रहेका धार्मिक क्षेत्रको बिकास गरी धार्मिक पर्यटकीय नगरी बनाउने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: