सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार « Nagarik Khabar

सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार



जाजरकोट । जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पाकी ३० वर्षीया जनमदेवी बुढाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि शनिबार उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको उनले जानकारी दिए । एक वर्षयता अहिलेसम्म जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको सिडिओ केशरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: