संखुवासभामा रुखबाट लडेर एकको मृत्यु « Nagarik Khabar

संखुवासभामा रुखबाट लडेर एकको मृत्यु



संखुवासभा । संखुवासभाको खाँदबारी ९ तुलिङ्टारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोईरालाका अनुसार ४२ वर्षे कान्छा लिम्बुको मृत्यु भएको हो ।

शनिबार विहान घरबाट घाँस काट्न गएका उनलाई दिउँसो खाँदबारी ९ स्थित संखेपिपलमा सालको रुख मुनि घोप्टो परी मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

घटनाबारे जानाकारी पाउनासाथ तुम्लिङटारबाट प्रहरीको टोली खटिएको थियो भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: