असल समाज निर्माणका लागि आशावादी हुनैपर्छ : नेपाल « Nagarik Khabar

असल समाज निर्माणका लागि आशावादी हुनैपर्छ : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् ।

नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने प्रष्ट्याए । उनले साहित्यकारहरुलाई सुन्दर समाज निर्माणका लागि प्रेरित गर्नेखालका साहित्यिक कृतिहरुको रचना गर्न पनि सचेत गराए ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार संविदा वाग्लेद्वारा लिखित ‘नवपल्लव’ र अर्की साहित्यकार उषा थपलियाद्वारा लिखित ‘नारी, तिमी हारेकी छैनौं’ नामक पुस्तकको एकसाथ लोकार्पण गर्दै उनले सुन्दर समाज निर्माणका लागि साहित्यिक रचनाहरुले पनि प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए ।

त्यस अवसरमा नेता नेपालले समाजमा सकारात्मक योगदान पु¥याउने गरी साहित्यिक कृतिहरुको सिर्जना गरेको भन्दै साहित्यकारद्वय संविदा वाग्ले र उषा थपलियाप्रति आभार पनि व्यक्त गरे ।

नेता नेपालले समाजमा विध्वंश मच्चाउने खालका कुनै पनि गतिविधि हुन नदिन साहित्यिक रचनाहरुले उत्पेरक तत्वको भूमिका निर्वाह गर्नुपर्ने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: