सात लाख र ६ किलो चाँदीसहित पक्राउ « Nagarik Khabar

सात लाख र ६ किलो चाँदीसहित पक्राउ



धनुषा । चाँदीका गरगहना र नगद सात लाखभन्दाबढी रूपैयाँसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले शनिबार दिउँसो सिरहाका अजय गुप्तालाई पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनामा चेकचाँजका क्रममा ६ किलो चाँदीका गरगहना र ७ लाख ३० हजार १०० रूपैयाँसहित गुप्तालाई पक्राउ गरिएको धनुषाका सशस्त्र एसपी राजेश उप्रेतीले जानकारी दिए । उनका अनुसार गुप्ता जिउमा कपडा बेरेर नगद र चाँदी लुकाएका थिए ।

पक्राउ परेका गुप्तालाई बरामद रूपैयाँ र चाँदी सहित आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: