पर्यटन पत्रकार संघको अध्यक्षमा पन्त « Nagarik Khabar

पर्यटन पत्रकार संघको अध्यक्षमा पन्त



काठमाडौं । पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल) को आठौं वार्षिक साधारणसभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

शनिबार सम्पन्न साधारणसभाले प्रथम उपाध्यक्षमा किशोर बस्नेत र द्धित्तिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहनप्रसाद मैनालीलाई चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा अर्जुन पाख्रिन, कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, , शिव बस्नेत र जुली गुरुङलाई चयन गरेको छ । सर्वसम्मतरुपमा संघको नयाँ नेतृत्व चयन भएलगत्तै नवनिर्वाचित अध्यक्ष पन्तले पर्यटन पत्रकार संघलाई देशव्यापीरुपमा अगाडि बढाउने र सरकारले लिएको भ्रमण वर्ष–२०२० लाई सफल पार्न सोही हिसाबले प्रवर्द्धनात्मक कार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: