समाजवादी केन्द्रीय बैठक : सरकार छाड्ने निर्णय लिन कार्यकारी समितिलाई जिम्मा « Nagarik Khabar

समाजवादी केन्द्रीय बैठक : सरकार छाड्ने निर्णय लिन कार्यकारी समितिलाई जिम्मा



काठमाडौं । समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रिय जनता पार्टीसँगको एकीकरण र सरकार छाड्ने विषयको निर्णय गर्ने जिम्मा कार्यकारी समितिलाई दिएको छ ।

शुक्रबारदेखि बसेको बैठकले एकीकरण र सरकारबाट बाहिरिने निर्णय कार्याकारी समितिलाई दिएको हो । समितिको बैठक सम्भवत भोलि बस्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । एकता र सरकारबाट बाहिरिने विषयको निर्णय र मिति समसामयिक राजनीति हेरेर गर्ने स्रोतले बतायो ।

समाजवादीमा अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्ना अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र अधिकांश केन्द्रीय सदस्यहरुले दबाब दिइरहेको बताइएको छ । यस्तै, राजपाले पनि एकीकरणका लागि सरकार छाड्नु पर्ने अडान राख्द आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: