सीमास्तम्भ अब ‘डिजिटल’मा « Nagarik Khabar

सीमास्तम्भ अब ‘डिजिटल’मा



काठमाडौं । नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ ।

प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । त्यस्तो अद्यावधिक अब ‘डिजिटल’ रूपमा हुनेछ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिए । नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा पिलर सार्ने सम्भावना हुन नसक्ने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने अवस्थामा नापी विभाग रहेको पनि उनले जानकारी दिए ।

नापी विभाग प्राविधिक रूपमा आवश्यक सबै तथ्याङ्क र तथ्यसहित रहेको पनि उहाँले स्पष्ट पार्दै उनले भने, ‘डिजिटल डाटाबेस तयार छ ।’

आजको गोरखापत्र दैनिकमा सविता शर्माको बाइलाइनमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: