समाजवादीले तत्कालै सरकार नछाड्ने : पदाधिकारीलाई ‘विचार’ गर्ने जिम्मा « Nagarik Khabar

समाजवादीले तत्कालै सरकार नछाड्ने : पदाधिकारीलाई ‘विचार’ गर्ने जिम्मा



काठमाडौं । सत्तासाझेदार दल समाजवादी पार्टीले संघीय सरकारमै बस्ने निष्कर्ष निकालेको छ ।

शनिबार सम्पन्न दुई दिने केन्द्रीय समिति बैठकले संघीय सरकार नछाड्ने निर्णय गरेको समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

सरकारमा बस्ने की नबस्ने भन्ने विषयमा बैठकमा भएको छलफलले अहिलेकै अवस्थामा सरकार छाड्न आवश्यक नभएको निष्कर्ष निकालेको समाचारमा जनाइएको छ ।

समाजवादीका उपमहासचिव प्रकाश अधिकारीले अहिलेकै अवस्थामा पार्टीले सरकार नछाड्ने निष्कर्ष निकालेको बताए । ‘अहिलेकै अवस्थामा सरकार नछोड्ने निष्कर्ष केन्द्रीय समिति बैठकले निकालेको छ,’ उनले भने, ‘पछि बस्ने पदाधिकारी बैठकले सबै कुराको विचार गरेर सरकार छोडने कि नछोड्ेने निर्णय गर्नेछ ।’

तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण हुनु अघि नयाँ शक्तिका संयोजक तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने सर्त अघि सारेको थियो । तर बैठकले अहिलेकै अवस्थामा सरकार नछोड्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकार छोड्ने पक्षमा छैनन् । सरकारमै बस्ने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको दुई बुँदे सहमतिअनुसार संविधान संशोधनलाई अघि बढाउन दबाब दिइरहने रणनीतिमा यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: