जान्न भन्दाभन्दै नख्खु ल्याइए आलम « Nagarik Khabar

जान्न भन्दाभन्दै नख्खु ल्याइए आलम



काठमाडौं । जिलला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताब आलमले प्रहरीलाई भने, ‘म रौतहट कारागारमा बस्छु अन्त जान्न ।’

प्रहरीले उनलाई अन्तै राख्ने आदेश आएको जानकारी गराएपछि उनी पुनः झर्कंदै भन्छन्, ‘म अन्त जान्न ।’

काठमाडौं नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर प्रहरी निरीक्षक केदारमान दोङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटले एस्कर्टीङ गाडीसहित पठाएको थियो ।

टोली ७ घण्टापछि ललितपुरस्थित नख्खु कारागार आइपुगेको थियो भन्ने समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहाल र शिव पुरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: