हटाइने भनेका मन्त्री ‘ढुक्क’ « Nagarik Khabar

हटाइने भनेका मन्त्री ‘ढुक्क’



काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ ।

एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरू भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन ।

नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार मन्त्रीहरूले कार्य सम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अघि बढाए पनि त्यसलाई कार्यान्वयन भने गरेका छैनन् ।

यसले गर्दा सरकारको काममा अन्योल र आलस्यता बढेको टिप्पणी गर्न थालिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतासँग पुनर्गठनलाई लिएर अनौपचारिक परामर्श गरिसकेका छन् । मन्त्री परिवर्तनको चर्चासँगै केही बहालवाला मन्त्रीहरू भने तनाबमा परेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हटाइने भनिएकामध्ये एक हुन् । तर, उनले मन्त्रीमण्डल पुनर्गठन हुने हल्ला मात्र भएको बताए । ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने सबै हल्ला हो,’ महासेठले भने, ‘मैले हल्लाकै रूपमा मात्र बुझेको छु, अहिलेसम्म सरकारबाट बाहिरिनुपर्ने संकेत पाएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: