सिस्नेरीको पानी ल्याउने तयारी « Nagarik Khabar

सिस्नेरीको पानी ल्याउने तयारी



काठमाडौं । मेलम्ची खानेपानी नपुग्ने काठमाडौं उपत्यकाका केही भागमा सरकारले सिस्नेरी खोलाको पानी ल्याउने तयारी थालेको छ ।
 
सरकारले उपत्यकाको ललितपुर क्षेत्रभित्र खानेपानी आपूर्तिलाई सहज पार्ने उद्देश्यले मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउने तयारी थालेको हो ।
 
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन (भ्याली) बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको खानेपानीमन्त्री विना मगरले जानकारी दिइन् ।
 
मन्त्री मगरको नेतृत्वमा शुक्रबार बोर्डका पदाधिकारीसहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षणसमेत थालेको थियो ।
 
खानेपानीमन्त्री मगरले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी आयोजना अघि बढाउन लागिएको जानकारी दिइन् । उपत्यकाको जनसंख्यालाई मेलम्ची खोलाको पानीले सन् २०३० सम्म धान्न सक्ने आकलन गर्दै उनले बढ्दो जनसंख्यालाई समेत मध्यनजर गरी त्यसको विकल्प पनि हेर्नुपर्नेमा जोड दिइन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: