पाँच किलोमिटरमा बिओपी राख्न प्रस्ताव, सीमा सुरक्षामा सशस्त्रलाई जनशक्ति अभाव « Nagarik Khabar

पाँच किलोमिटरमा बिओपी राख्न प्रस्ताव, सीमा सुरक्षामा सशस्त्रलाई जनशक्ति अभाव



काठमाडौं । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा खटिन थप जनशक्ति आवश्यक भएको छ ।

पर्याप्त जनशक्ति नहुँदा नेपालतर्फको सीमा सुरक्षा कमजोर भएको सशस्त्रको भनाइ छ । भारतीय पक्षले नेपाल भारत सीमाक्षेत्रमा हरेक ५ किलोमिटरको फरकमा सीमा सुरक्षा बल(एसएसबी) को बोर्डर अब्जर्भेसन पोस्ट(बीओपी) राखेको भए पनि नेपालतर्फ भने जनशक्ति अभावले सशस्त्र प्रहरीको बिओपी भने २० देखि ३० किलोमिटरको फरकमा मात्रै छ ।

कुल जनशक्तिको आधा सीमाक्षेत्रमा खटिएको छ भने आधा ७७ वटा जिल्लामा तथा विपद् व्यवस्थापनमा बाँडिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले सशस्त्र प्रहरीलाई थप जनशक्ति आवश्यक भएको बताए । उनले हालसम्म भएकै जनशक्तिबाट व्यवस्थापन भैरहेको तर अब बोर्डर अब्जरवेसन आउट पोष्ट(बीओपी) बढाउदा जनशक्ति अपुग हुने बताए ।

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: