पर्यटन लगानी सम्मेलनको तयारी « Nagarik Khabar

पर्यटन लगानी सम्मेलनको तयारी



काठमाडौं । पर्यटकीय पूर्वाधारमा लगानी जुटाउन र पर्यटनप्रवर्द्धन गर्न सरकारले ‘पर्यटन लगानी सम्मेलन २०२०’ आयोजना गर्ने भएको छ ।

यो सम्मेलनबाट नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने अपेक्षा रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

सम्मेलन फागुन १८ देखि चैत १७ भित्रमा गर्ने तयारी छ । यसका लागि भ्रमण वर्ष सचिवालयले दुई करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

लगानी सम्मेलनका लागि सातैवटा प्रदेशबाट कम्तीमा चारवटा लगानी योजना माग गरिएको छ । सम्भावना भएका अन्य निजी क्षेत्रका योजनालाई पनि सम्मेलनमार्फत लगानी जुटाइने भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: