सडक निर्माणमा ढिलासुस्ती, प्रधानमन्त्रीकै निर्देशन कार्यान्वयन हुँदैन « Nagarik Khabar

सडक निर्माणमा ढिलासुस्ती, प्रधानमन्त्रीकै निर्देशन कार्यान्वयन हुँदैन



काठमाडौं । झापाको प्रमुख बजार बिर्तामोडबाट भद्रपुर जाने सडक निर्माण सक्न दुई महिना बाँकी छ । बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेनको बनाउन सुरु गरेको १४ महिना बित्यो ।

झापा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणको काम समयमा सक्न सम्बद्ध पक्षहरूलाई निर्देशन दिएका थिए । तर निर्माणको काम अहिलेसम्म २५ प्रतिशत पनि नसकिएको समाचार आजको नागरिक दैनिकमा युवराज विवशले लेखेका छन् ।

सडक निमयमा नभएकाले भदौ ५ गते सडक बनाउने क्रममा खनेर अलपत्र छोडिएको नालामा डुबेर बिर्तामोड–१० की ६७ वर्षीय सुमित्रा राईको मृत्यु भयो ।

बिर्तामोड–भद्रपुर सडक निर्माणमा सरोकारवालालाई दबाब दिन स्थानीयले सडकमै धानसमेत रोपे । निर्माणाधीन सो सडकको सवालमा बिर्तामोड उद्योग वाणिज्य संघको संयोेजनमा सडकमा आन्दोलन पनि भयो ।

तर अहिलेसम्म सडक निर्माणले गति लिन सकेको छैन । असोज महिनाभित्र सक्नुपर्ने सडक निर्माणको म्याद थपेर पुस मसान्तसम्म पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: