विकास खर्च पोहोरभन्दा कम « Nagarik Khabar

विकास खर्च पोहोरभन्दा कम



काठमाडौं । गत आर्थिक वर्ष अपेक्षाकृत विकास (पुँजीगत) खर्च नहुँदा अर्थमन्त्री युवराज खतिवडाले संसदमा भनेका थिए, ‘यो वर्ष छुट दिनुस्, आगामी वर्षको दिनगन्ती सुरु गर्नुस् ।’

तर, चालु आर्थिक वर्षको पहिलो चौमासमा गत वर्षको सोही अवधिभन्दा पनि कम पुँजीगत खर्च भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमिल्सनाले यो समाचार लेखेका छन् ।

विकास कार्यक्रमको ठूलो हिस्सा रहेको पुँजीगत बजेट यस अवधिमा ५ दशमलव ९५ प्रतिशत मात्रै खर्च भएको छ ।

गत वर्ष सोही अवधिमा पुँजीगत खर्च ८ दशमलव ३० प्रतिशत भएको थियो । चालु आवको चार महिनामा २४ अर्ब ६८ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

यो कुल पुँजीगत बजेटको ५.९५ प्रतिशत मात्र हो । कुल बजेट खर्चतर्फ दुई खर्ब २५ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको १४ दशमलव ७२ प्रतिशत हो । चालुतर्फ भने २० दशमलव ५५ प्रतिशत खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: