चिनिया पक्षबाट पनि सीमा अतिक्रमण, कोर्लाङपारिको सीमास्तम्भ टुप्पोबाट फेदमा « Nagarik Khabar

चिनिया पक्षबाट पनि सीमा अतिक्रमण, कोर्लाङपारिको सीमास्तम्भ टुप्पोबाट फेदमा



काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लप्चीमा रहेको ५७ नम्बर सीमास्तम्भ सारेर चीनले कोर्लाङपारि क्षेत्रमा पुर्याई ६ हेक्टर जमिन मिचे पनि मिचिएको जमिन फर्काउन सरकारले चिनिया पक्षसँग कुटनीतिक पहल गर्न सकेको छैन ।

२०१९ सालमा राखिएको सो सीमास्तम्भ साबिक स्थान कोर्लाङपारिको टुप्पोबाट फेदमा सारिएको २०६३ मा सरकारले खटाएको सीमा सुपरिवेक्षण टोलीले नापी विभागमा रिपोर्ट बुझाएको थियो ।

सीमा मिचिएको भन्दै उक्त सीमास्तम्भ पुरानै अवस्थितिमा लैजान सरकारले चिनिया पक्षसँग ‘सामान्य’ दाबी गर्दै आए पनि यो विषयलाई सरकारले कुटनीतिक पहल गरेर सामाधान गर्न सकेको छैन ।

यो स्तम्भ २०१९ पछि दुई पटक भएको सीमा अद्यावधिक तथा सुपरिवेक्षणका क्रममा नभेटिएको भन्दै नेपाली पक्षले अनेक आशंका गर्दै आएको थियो ।

नापी विभागका अधिकारीहरूका अनुसार २०३६ र २०४५ सालमा दुई देशको संयुक्त टोलीले सीमा सुपरिवेक्षणका क्रममा हेर्न जाँदा दोलखास्थित सीमाक्षेत्रका अरू सीमास्तम्भ भेटिए पनि ५७ नम्बरको सीमास्तम्भ साबिक ठाउँमा भेट्टाउन सकेको थिएन ।

आजको नागरिक दैनिकमा रमेश खतिवडाले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: