सिरियामा विस्फोट, १४ जनाको मृत्यु ३३ घाइते « Nagarik Khabar

सिरियामा विस्फोट, १४ जनाको मृत्यु ३३ घाइते



एजेन्सी । उत्तरी सिरियास्थित अल–बाब शहरमा शनिबार भएको एक कार बम विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले कार बम विस्फोट अल–बाबको एक पार्किङमा भएको जनाएको समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।

विस्फोटमा मारिनेमध्ये ९ जना नागरिक र बाँकी विद्रोही भएको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: