‘आपत्’मा परेको भारतीय विमानलाई पाकिस्तानी राहत « Nagarik Khabar

‘आपत्’मा परेको भारतीय विमानलाई पाकिस्तानी राहत



एजेन्सी । पछिल्लो समय भारत र पाकिस्थानबीच सम्बन्ध लगातार चिसिइरहेको छ । बालाकोट आक्रमण र जम्मु कश्मीर प्रकरणपछि यी दुई देशबीचको सम्बन्धमा लागतार दरार बढीरहेको छ ।

उतारचढावपूर्ण सम्बन्धकै बीच बिहीबार ‘आपत्’मा परेको एक भारतीय विमानलाई पाकिस्तानले राहत दिएको छ । जुन कुराको प्रशंसा भारतमा भइरहेको छ ।

जयपुरबाट एक भारतीय विमान १५० जना यात्रु बोकेर मस्कटतर्फ जाँदै थियो । उक्त विमान जब पाकिस्तानी हवाईक्षेत्रमा प्रवेश गर्याे अनि खराब मौसमको सिकार भयो ।

विजुली चम्किने, चट्याङ पर्ने जस्ता समस्याका कारण विमान लाई ठूलो समस्या आइपर्याे । त्यसपछि विमान अचानक २ हजार फिट तल आयो । त्यसपछि पाइलटले सहायताका लागि तुरुन्तै नजिकका एयर ट्राफिक कन्ट्रोलरलाई अलर्ट पठाए ।

विमान समस्यामा परेको देखेपछि पाकिस्तानी एयर ट्राफिक कन्टोलरले तुरुन्तै एक्सन लिएर विमानलाई समस्याबाट बचाए । उनको उक्त कार्यले १५० जना यात्रुको ज्यान बँचेको भन्दै भारतमा पाकिस्तानको सो कदमको व्यापक प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: