पोखरामा दुई दिनसम्म लोपोन्मुख बाजा सम्मेलन हुने « Nagarik Khabar

पोखरामा दुई दिनसम्म लोपोन्मुख बाजा सम्मेलन हुने



  • हुम तमु

पोखरा । मंसिर २० र २१ गते पोखरामा लोपोन्मुख बाजा सम्मेलन तथा अन्तरक्रिया हुने भएको छ । लोपोन्मुख नेपाली बाजा संरक्षणका गर्ने उद्देश्यसहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहयोगमा हिमाली साँस्कृतिक परिवारले उक्त सम्मेलनको आयोजना गर्ने भएको हो ।

गण्डकी प्रदेशका ११ जिल्लामा बजाइने बाजा र लोपोन्मुख अवस्थामा रहेका पुराना बाजाहरु सम्मेलनमा प्रदर्शनका साथै अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।

सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न शनिबार हिमाली साँस्कृतिक परिवारले विभिन्न संघ संस्थासँग छलफल गरेको छ । कार्यक्रममा सहभागी सबै संघ संस्थाका प्रतिनिधिले साथ र सहयोगको प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी तमु, बौद्ध अर्घौं सदनका अध्यक्ष क्या. भुवनसिं तमु, तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर तमु, बाजा संरक्षक अर्जुन चैनपुरे, जोजिजु म्युजिक सेण्टरका विनिज जोजिजु, पोखरेली सांगितीक कलाकार संघका सुनिल थापा, पोखरेली युवा साँस्कृतिक परिवारका मोती भुजेल, डडुवा दुर्छा तमु समाजका धनबहादुर तमु, संगीत प्रशिक्षण केन्द्रका उमेश सिके, लोकनृत्य कलाकार संघका केशबहादुर तमु, धनबहादुर गायक, खिमबहादुर तमु प्हाँए आलि लगायतले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न जुट्ने बताएका थिए ।

सम्मेलन तथा अन्तरक्रिया भव्यताका साथ सफल पार्नका लागि हिमाली साँस्कृतिक परिवारले टोपबहादुर(तेज) केसीलाई संयोजकको जिम्मेवारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: