सीमाबारे मन्त्रीले भाषण दिँदै हिड्ने कि राजदूत बोलाएर सोध्ने ? « Nagarik Khabar

सीमाबारे मन्त्रीले भाषण दिँदै हिड्ने कि राजदूत बोलाएर सोध्ने ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद रामकुमारी झाँक्रीले सरकारका मन्त्रीले सीमा अतिक्रमणका विषयमा ‘भाषण’ गर्दै हिडेको भन्दै चर्काे असन्तुष्टि जनाएकी छन् ।

भारतले नेपालको लिपुलेक र कालापानी लाई पनि आफ्नै भूमि देखाएर नक्सा सार्वजनिक गरेपछि उक्त विषयले अहिले बहसको सिर्जना गरेको छ । सोही विषयलाई लिएर सरकारका केही मन्त्रीले नेपाली भूमि एक इन्च पनि नछाड्ने प्रतिक्रिया दिँदै आएका थिए ।

सरकारका मन्त्रीले भाषण गर्दै हिँडेको तर कूतनीतिक पहल अघि नबढाएको तर्फ संकेत गर्दै नेतृ झाँक्रीले चर्काे असन्तुष्टि जनाएकी छिन् ।

‘सिमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिड्ने की त्यो देशको राजदूतलाई बोलाएर सोध्ने ?’ झाँक्रीले आइतबार विहान ट्वीट् गर्दे भनेकी छिन्, ‘वक्तब्य निकाल्ने की ? मन्त्रिपरिषदले तुरून्त आफ्नो राजदूतमार्फत ध्यानाकर्षण गराउने ? कुटनितीक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने ? वा हामी हाम्रो भूमी एक ईन्च पनि मिच्न दिन्नौ भन्ने बेतुकको भाषण दिने ?’

झाँक्रीको यो भनाले सरकारले सीमा रक्षाका लागि प्रभावकारी कूटनीतिक पहल चाल्न नसकेको आलोचना गर्नेहरुलाई थप बल पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: