१४० बर्षदेखि यसरी अतिक्रमण हुँदैछ नेपाली भूमि « Nagarik Khabar

१४० बर्षदेखि यसरी अतिक्रमण हुँदैछ नेपाली भूमि



काठमाडौं । भारत र चीनबीच लिपुलेकलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने दुईपक्षीय सहमतिपछि सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा सीमा अध्ययन टोली बनाएको थियो।

सो टोलीले चार महिना लगाएर पुराना नक्साहरू खोजतलास गरी तय गरेको प्रतिवेदन त्यसै थन्किएको छ।

पाँच वर्षअघि गठित टोलीले नक्सा, सीमाको वस्तुस्थिति, अतिक्रमित भूभागलगायतका विषयमा सुझावसमेत दिएको थियो। नक्सा र सीमाका विषयमा केन्द्रित रहेर नेपाल–भारत दुईपक्षीय प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्यसमेत रहिसकेका उनै उपाध्यायसँगको कुराकानी आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । कुराकानीको सानो अंशः

अध्ययनमा भारतले कहिलेदेखि अतिक्रमण गरेका देखिन्छ ?

भारतले दुईवटा काम गरेको देखिन्छ। सन् १८१९ नक्सा बनायो, १८२७ बनायो, सन् १८५६ सम्मका नक्सा लिम्पियाधुराबाट काली नदी गएको भन्यो। सन् १८७९ देखि कालीनदीलाई पूर्वतिर देखाएर नक्साहरू निकाल्दै गयो।

क्रार्टोग्राफिक, नक्साहरूबाट आक्रमण भइराख्ने काम गर्‍यो। मान्छे पठाउने काम गरेको थिएन। सन् १९५४ मा चीन र तिब्बत क्षेत्रबीच टे«डमा एक प्रकारको सहमति भयो। लिपुलेकलाई ट्रेडिङ प्याइन्ट भन्यो।

सन् २०११ मा अर्को सम्झौता भयो। यसपछि सन् २०१५ मा सम्झौता भयो। यही सम्झौतापछि हामीलाई बोलाएर अध्ययन गर्न लगाए। सन् १८७९ देखि अतिक्रमणको क्रम सुरु भएको हो। सन् १९५५ फौज राख्ने काम भयो।

स्वतन्त्रता र सार्वभौमिकता सुरक्षाको विषय अन्तर्राष्ट्रिय हुन सक्छ कि सक्दैन ?

अन्तर्राष्ट्रिकरण भनेको के होरु हामीले हामीलाई भनेको मर्का भन्ने ठाउँ कहाँ हो। सकेसम्म भारतलाई भन्ने हो। सकेसम्म मिलाउने। हाम्रो दृष्टिकोण अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिनुपर्छ।

हामीले युद्ध त गर्न सक्दैनौं। यहाँनेर यस्तो भएको छ भन्ने जानकारी विश्व समुदायलाई दिने हो। हामीले भन्नुपर्‍यो– राष्ट्रसघंको सदस्यको हैसियतले सुविधा प्रयोग गर्नुपर्‍यो। आवश्यकता परे मित्रराष्ट्रलाई भन्न सक्छौं।

भारतका राजदूतलाई बोलाउनुपर्छ। प्रधानमन्त्रीसँग कुरा गर्नुपर्छ। तिम्रो छवि राम्रो हँुदैन भन्न सक्नुपर्छ। सीमामा समस्या भएको विषयमा रहेर कुरा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: