डिपी ढकालको चुनावी अभियानमा श्रेष्ठले भने– राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेकपालाई जिताउनैपर्छ « Nagarik Khabar

डिपी ढकालको चुनावी अभियानमा श्रेष्ठले भने– राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेकपालाई जिताउनैपर्छ



भक्तपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई जिताउनु पर्ने बताएका छन्।

मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर १(क)मा नेकपाका उम्मेदवार डिपि ढकालको चुनावी अभियानलाई आइतबार सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन्।

ढकाललाई जिताउन अपिल गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानी लगायतको मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्छ।’

नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको श्रेष्ठको भनाइ छ । कूटनैतिक पहलबाट मिचिएको भूमि फिर्ता गर्न सरकार दृढतापुर्वक लागेको उनको भनाइ थियो ।

चुनावी कार्यक्रममा श्रेष्ठ सहित, सांसद महेश बस्नेत , सांसद रामेश्वर फुयाल, जिल्ला इन्चार्ज दिलिप प्रजापति , चांगुनारायण नगरपालिका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: