नयाँ प्रेमीसँग सुत्न महिलाले थुनिन् तीन छोराछोरी, भयो जेल सजाय « Nagarik Khabar

नयाँ प्रेमीसँग सुत्न महिलाले थुनिन् तीन छोराछोरी, भयो जेल सजाय



एजेन्सी । एक महिला आफ्ना तीन छोराछोरीलाई थुनेर नयाँ प्रेमीसँग होटलमा रात बिताउन गएपछि जेल जानु परेको छ । इंग्ल्याण्डको यो घटनालाई अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले निक्कै प्राथमिकता दिएका छन् ।

नोभेम्बर १४ सन् २०१९मा ३२ वर्षीया ती महिलालाइृ बेलायती अदालतले १८ महिनाको जेल सजाय सुनाएको छ । महिलाले थप १५० घन्टा कम्युनिटी सर्भिस पनि गर्नु पर्ने भएको छ । यो सजाय भने अहिलेलाई अदालतले दुई वर्षसम्म स्थगित गर्ने फैसला पनि गरेको छ ।

डेलीमेलको अनलाइन संस्करणअनुसार महिलाले आफ्ना ३ छोराछोरीलाई बेडरुममा बन्द गरेर होलिडे इन होटलमा सुत्नका लागि पुगेकी थिइन । बच्चाले फोन गरेर पुलिसलाई बोलाएका थिए । आफ्नो ठूलो छोराको सातौँ जन्मदिनमा होटलमा पुगेकी ती महिलालाई प्रहरीले गिरफ्तार गर्यो ।

बालबालिकालाई पनि पुलिसले उद्दार गरेको थियो । महिलाका पूर्वश्रीमानले बालबालिकालाई घरमा एक्लै छाडेकोमा उजुरी दिए । त्यसपछि ती महिला पक्राउ परिन् ।

बेलायतको प्रेस्टन क्राउन कोर्टले महिलालाई छोराछोरीलाई यातना दिएको आरोपमा सजायको फैसला सुनायो । अनुसन्धानमा महिलाले नै होटलको कोठा बुक गरेको पनि फेला परेको छ ।

महिलाले आफ्नी बहिनीलाई बालबालिकाको हेरचाह गर्न आग्रह गरेकी थिइन । तर बहिनीले हेरचाह गर्न नसकेपछि महिलाले आफ्ना छोराछोरीलाई कोठामा थुनेर प्रेमीसँग सुत्न होटल पुगेकी थिइन् । दुई वर्षपछि उनले सजाय भोग्नु पर्ने भएको डेलीमेलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: