आयुष्मानको बालाले कमाइसक्यो १०० करोड


SHARES

एजेन्सी । बलिउड अभिनेता आयुष्मान खुराना अभिनित फिल्म बालाले अहिले धुम मच्चाइरहेको छ ।

भारतमा यो फिल्मले ८ दिनमा ७५ करोड भारुभन्दा बढी कमाइसकेको छ । बर्ल्डवाइड भने यस फिल्मले १०० करोड भारुको आंकडा पार गरिसकेको छ ।

फिल्मको कारोबारको बारेमा अभिनेता आयुष्मानले यस कुराको जानकारी दिएका हुन् ।

आयष्मानले सामाजिक सञ्जाल इंस्टाग्राममा एक पोस्ट शेयर गर्दै लेखेका छन्, 'तपाइँहरु (दर्शक)कै यति धेरै मायाको नतिजा हो यो, यसको लागि दिलबाटै शुभकामना ।'

कपाल नहुनुको समस्यामा फिल्म आधारित छ । आयुष्मानसँगै फिल्ममा यामी गौतम र भूमि पेडनेकर लिड रोलमा छिन् । फिल्मलाई दर्शकले निकै रुचाएका छन् ।

एकपछि अर्को सफल फिल्म दिँदै आएका आयुष्मान केही समयमा नै अमिताभ बच्चन स्टारर फिल्म गुलाबो सिताबोमा देखिदैछन् । साथै उनी शुभमंगल ज्यादा सावधानमा पनि देखिनेछन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV