क्रिएटिभ भुटनिजले जित्यो कभर डान्स प्रतियोगिताको उपाधि « Nagarik Khabar

क्रिएटिभ भुटनिजले जित्यो कभर डान्स प्रतियोगिताको उपाधि



काठमाडौं । गायिका दीपा तामाङको स्वरमा रहेको ‘म त छम्म छम्म’ बोलको गीतको विश्वव्यापी कभर डान्स प्रतियोगिताको उपाधि अमेरिकामा रहेको ‘क्रिएटिभ भुटनिज सर्कल’ले जितेको छ ।

आरबिएनके डान्स स्टुडियोको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद र विभिन्न नृत्य स्कुलबाट नृत्य छात्रवृत्तिका साथै अन्य अवसरहरु प्राप्त गरेका छन् । प्रतियोेगितामा क्यानडा, अमेरिका र नेपालबाट सहभागी थिए ।

प्रतियोगिताका लागि गत अगस्ट ३१ देखि अक्टोबर १२ सम्म कभर डान्स पठाइ संकलन गरिएको थियो । प्रतियोगितामा सहभागीमध्ये ६० प्रतिशत निर्णायक मण्डल र ४० प्रतिशत युट्युब भ्युजको आधारमा कभर गीतको मूल्यांकन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको जजमा कोरियोग्राफर तथा मोडल गम्भीर विष्ट, नेपाल–अमेरिका फिल्म आर्टिस्ट एसोसिएसनका प्रमुख नवराज श्रेष्ठ, आरबिनके डान्स स्टुडियोका फाउण्डर तथा नृत्य प्रशिक्षक प्रकाश तामाङ, भक्त खड्का, प्रशिक्षक चन्द कार्की र अमासी राई रहेका थिए ।

ओम के कार्की र रुद्र बानियाको सहयोग रहेको प्रतियोगितालाई रोनक ज्वेलरी एण्ड गिफ्ट हाउस अमेरिका प्रायोजक तथा हिमालयन ग्रोसेरी एण्ड ड्रागन एसियन मार्केटले सहप्रायोजक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: