स्वरुप परिवर्तन र लुकिङ ग्लास नराखिएका मोटरसाइकलमाथि कारबाही « Nagarik Khabar

स्वरुप परिवर्तन र लुकिङ ग्लास नराखिएका मोटरसाइकलमाथि कारबाही



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरी चलाउनेमाथि कारबाही तीव्र पारेको छ ।

ट्राफिक प्रहरीले शनिबार मात्रै ३४५ वटा मोटरसाइकल चालकमाथि कारबाही गरेको छ । लुकिङ ग्लास दायाँ र बायाँ नदेखिने गरी राखिएका मोटरसाइकललाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक नियम पालना नगरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: