प्रधानमन्त्री अ‍ोलीलाई भेटे सचिन तेन्दुलकरले, आजै भारत फर्किने « Nagarik Khabar

प्रधानमन्त्री अ‍ोलीलाई भेटे सचिन तेन्दुलकरले, आजै भारत फर्किने



काठमाडौं । चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सचिनलाई मायाको चिनो प्रदान गरे ।

युनिसेफको आयोजनामा नेपाली बालबालिकासँग क्रिकेट खेल्न शुक्रबार नेपाल आएका सचिन आइतबार बेलुकी भारत फर्किने छन् । शनिबार उनले कीर्तिपुर मैदानमा क्रिकेट खेलेका थिए ।

युनिसेफका सद्भावना दूत तेन्दुलकरले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: