चुनावी चासो: पोखरामा धर्मराज गुरुङको घरदैलो कार्यक्रम « Nagarik Khabar

चुनावी चासो: पोखरामा धर्मराज गुरुङको घरदैलो कार्यक्रम



  • हुम तमु

पोखरा । मंसिर १४ गते कास्की क्षेत्र नं. २ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका इञ्जिनियर धर्मराज गुरुङले चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिएका छन् ।

मुलुक सिस्टममा सञ्चालन हुन नसक्दा नेपाल धेरै पछि परेको भन्दै मुलुक चलाउने सिस्टम बनाउँछु भन्दै उनले मतदातासँग मतदानका लागि आग्रह गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिएका हुन् ।

मुलुक नीतिले चल्नु पर्नेमा नेताको स्वार्थ अनुसार मुलुक सञ्चालन भएकाले धनी देश सबै भन्दा गरिब मुलुक हुँदै गएको चिन्ता व्यक्त गर्दै मुलुकको वैकल्पिक शक्ति समाजवादीलाई मतदान गर्न उनले आग्रह गरे ।

पोखरा १६ स्थित बाटुलेचौर तमु समाजमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्तव्य जनप्रतिनिधिमा इमान्दारीको खाँचो परेको अवस्थामा इमान्दार नेताको उदाहरण प्रस्तुत गर्न आफूले उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: