बालुवाटारमा ओली-प्रचण्ड छलफलमा : आजैदेखि पार्टीको जिम्मा प्रचण्डलाई !


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच कार्यविभाजनका विषयमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच कार्यविभाजनका विषयमा छलफल भएको स्रोतले जनाएको छ । दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

मन्त्रिपरिषद्का सदस्य परिवर्तन र अध्यक्षद्वयको कार्यविभाजनका विषयमा छलफल गर्न दिउँसो ४ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।

सचिवालय बैठकले आजैदेखि पार्टी बैठकको अध्यक्षता गर्ने, बैठक बोलाउने, निर्णय कार्यान्वयन गर्न लगाउनेलगायतका जिम्मेवारी प्रचण्डलाई प्रदान गर्ने स्रोतले जनाएको छ ।

पूर्वसहमतिअनुसार पार्टीको सबै जिम्मेवारी प्रचण्डलाई दिने र ओलीले सरकारलाई प्रभावकारी पार्ने विषयमा दुई अध्यक्षबीच सहमति भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

सचिवालय बैठकले मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने अधिकार पनि अध्यक्षद्वयलाई दिनेगरी महसचिव पौडेलले प्रस्ताव गर्ने तयारी छ ।

पोलिटब्युरो सदस्य गठनका विषयमा समेत आजको बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

यसअघि हिजो बस्ने भनिएको नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज दिउँसो ४ बजेका लागि बोलाइएको हो ।

यो पनि हेर्नुस्

नेकपा सचिवालय बैठक सुरु, अध्यक्षको कार्यविभाजनमा छलफल

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV