नेकपा सचिवालय बैठक सुरु, अध्यक्षको कार्यविभाजनमा छलफल « Nagarik Khabar

नेकपा सचिवालय बैठक सुरु, अध्यक्षको कार्यविभाजनमा छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य, दुई अध्यक्षको कार्यविभाजन र मन्त्रिपरिषद्का सदस्यको जिम्मेवारीलगायतका विषयमा छलफल हुनेछ ।

सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थिया। शनिबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण बस्न सकेको थिएन ।

स्रोतकाअनुसार आजैदेखि पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने विषयमा सचिवालय बैठकले निर्णय गर्नेछ ।

यो पनि हेर्नुस्

बालुवाटारमा ओली-प्रचण्ड छलफलमा : आजैदेखि पार्टीको जिम्मा प्रचण्डलाई !

 
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: