पुनर्वास क्षेत्रको सडक एक वर्षभित्र कालोपत्रे हुन्छ : मन्त्री मगर « Nagarik Khabar

पुनर्वास क्षेत्रको सडक एक वर्षभित्र कालोपत्रे हुन्छ : मन्त्री मगर



कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वासलगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताएकी छिन् ।

कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्वासस्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र अन्य क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताइन् ।

सदरमुकामभन्दा टाढा रहेको यस क्षेत्रलाई विगतका दिनमा सरकारले खासै ध्यान नदिएको बताउँदै उनले यस क्षेत्रको विकासमा गम्भीर भएर लागेको बताइन् ।

‘सरकारले गर्ने विकास सधैं बजार केन्द्रित बन्यो,’ उनले भनिन्, ‘जसका कारण अहिलेसम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित बने । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।’

उनले पुनर्वास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि पहल गर्ने बताइन् । यो सडक भित्री सडक भए पनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उनको भनाइ छ ।

‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीको सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ,’ उनले भनिन्, ‘यसै आर्थिक बर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: