हत्या आरोपित २२ वर्षपछि पक्राउ « Nagarik Khabar

हत्या आरोपित २२ वर्षपछि पक्राउ



स्याङ्जा । हत्या आरोपका फरार एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला अदालत स्याङ्जाले दोषी ठहर गरेका स्याङजाको भीरकोट नगरपालिका–७ का ४८ वर्षीय भविश्वर कोइराला २२ वर्षपछि पक्राउ परेका हुन् । उनलाई भीरकोटको बयरघारी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङजका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

भण्डारीलाई अदालतले २०५४ सालमा हत्या आरोपमा दोषी ठहर गरी नौ महिना २ दिन कैद सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: