ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरमा सात प्रतिशत छुट « Nagarik Khabar

ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरमा सात प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजले हवाई टिकटमा सात प्रतिशतसम्म छुट दिने भएको छ ।

ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा सात प्रतिशतसम्म छुट दिने जनाएको छ । सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एल इमामले आइतबार हस्ताक्षर गरेका छन् ।

हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: