हुण्डीको ३६ लाखसहित भारतीय नागरिक पक्राउ « Nagarik Khabar

हुण्डीको ३६ लाखसहित भारतीय नागरिक पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंबाट ३६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त कालीमाटीले स्रोत नखुलेको उक्त रकमसहित आइतबार बिहान भारतको बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा डेरा गरी बस्ने सत्यनारायणले भारतीय नोट र हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि बृत्तको टोली खोजीमा गएको थियो । उनलाई डेराबाटै रकमसहित नियन्त्रणमा लिइएको बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।

डिएसपी कुँवरका अनुसार उनको साथबाट ३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार रुपैयाँ भारु, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: