नेकपाको प्रवास कमिटी : इन्चार्जमा बिन्दा पाण्डे, अध्यक्षमा युवराज चौलागाईं « Nagarik Khabar

नेकपाको प्रवास कमिटी : इन्चार्जमा बिन्दा पाण्डे, अध्यक्षमा युवराज चौलागाईं



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरी कमिटीलाई पूर्णता दिएको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकले उक्त कमिटीको इन्चार्ज, सहइन्चार्ज समेत चयन गरेको पार्टी प्रवक्ता नारायाण्काजी श्रेष्ठले जानकरी दिए ।

सचिवालय बैठकले प्रवासी नेपालीको बीचमा सम्पर्क स्थापित गर्न तथा प्रवासी नेपालीबीच एकता र मेलमिलापको भावना प्रवर्दन गर्न प्रवासी नेपालीको हक हितको रक्षाको निम्ति आवश्यक भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसैबीच पार्टीले प्रवासमा पार्टी कमिटी गठन नगर्ने निर्णय समेत गरेको उनले बताए ।

नेकपाको प्रवास समन्वय कमिटीको इन्चार्जमा बिन्दा पाण्डे लाई चयन गरिएको छ । त्यस्तै कमिटीको सह इन्चार्जमा लक्ष्मण पन्त, अध्यक्षमा युवराज चौलागाइँ र सचिवमा धर्मराज शाह रहेका छन् ।

यसैबीच, प्रधानमन्त्री केप् शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: