ताहाचलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु « Nagarik Khabar

ताहाचलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु



काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहाचलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ताहाचलस्थित सडकमा बा ८९ प ९४८ नम्बरको मोटरसाइकल आइतबार अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार धादिङ खानिखोलाका २२ वर्षीय राजु लामाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी काठमाडौँ वाफल बस्दै आएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलङ्कीमा उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा ल्याएकामा सोही उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: