अब विदेश जाँदा देखाउनुपर्छ यस्तो कागजात


SHARES

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति पाउनका लागि आवश्यक कागजात देखाउनुपर्ने हुन्छ ।

यदि तपाइँसग आवश्यक सबै कागजपत्र छैन भने तपाइँले प्रस्थान अनुमति पाउनुहुन्न ।

विदेश यात्राको अनुमतिका लागि गृह मन्त्रालयले समयसापेक्ष नियम अद्यावधिक गरेको छ ।

गृह मन्त्रालयको गत कार्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि देखाउनुपर्ने कागजातको अद्यावधिक सूची तयार गरेको हो ।

नेपाली नागरिकलाई विभिन्न मुलुक प्रस्थान अनुमति दिने गरी आवश्यक व्यवस्था हुँदै आएकोमा सो कानूनी व्यवस्था, व्याख्या र आधारलाई थप वस्तुनिष्ठ बनाउने गरी नियम अद्यावधिक गरिएको अध्यागमन विभागले जनाएको छ ।

कामदार भिसामा जानेहरुको हकमा श्रम स्वीकृतिको म्याद कम्तिमा ९० दिन भएको हुनुपर्नेछ तर युरोपियन देशहरुको भिसा भएकाहरुको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन ।

तालिम तथा कार्यक्रममा विदेश जानेहको हकमा पासपोर्ट भिसा, गन्तब्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचयपत्र देखाउनु पर्नेछ ।

भिजिट भिसामा अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र हेटल बुकिङ देखाउनु पर्नेछ ।

यस्तै चीन, थाइल्याण्ड, खाडी राष्ट्र, अफ्रिकाबाहेकको अनअराइभल टिकट पाइने देशहरुमा पनि पर्यटक भिसामा जानेहरुका लागि सोही व्यहोराको कागजात देखाउनुपर्छ । (भारतको हकमा भने पार्सपोर्ट वा नागरिकता, बोर्डिङ पासमात्रै देखाए पुग्छ)

विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्व विद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्न कागजात देखाउनु पर्छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV