तराई-मधेश द्रुतमार्ग थप व्यवस्थित बनाइने « Nagarik Khabar

तराई-मधेश द्रुतमार्ग थप व्यवस्थित बनाइने



काठमाडौं । तराई मधेश द्रुतमार्ग सडक निर्माण योजनालाई थप व्यवस्थित बनाईने भएको छ ।

तराई मधेश द्रुतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा ब्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाईने भएको नेपाली सेनाले जानकारी दिएको छ ।

राष्ट्रिय गौरवको आयोजना तोकिएको समय सिमाभित्र गुणस्तरीय ढंगबाट सम्पन्‍न गर्न नेपाल सरकारको प्रचलित ऐन कानुनको परिधिभित्र रही खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखको रुपमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्बहाली गरिएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘आयोजनाको कार्यान्वयनसँग नेपाली सेनामाथि नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा गाँसिएको तथ्यलाई मनन् गरी आयोजनालाई पूर्णपारदर्शी, नियमसँगत, गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्‍न गर्ने लक्ष्य नेपाली सेनाले लिएको’ उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: