यौन अखडामा प्रहरी छापा : सञ्चालक फरार, आठ युवतीको उद्धार


SHARES

झापा । प्रहरीले शनिबार राति फ्ल्याट भाडामा लिएर संचालन गरिएको ‘यौन अखडा’मा छापा मारेको छ । विर्तामोड प्रहरीले झापाको अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्ल्याट भाडामा लिइ सञ्चालन गरिएको यौन अखडामा छापा मारेको हो ।

प्रहरीका अनुसार छापामारेपश्चात त्यसकी संचालिका सोही वडाकी शोभादेवि खत्री भरार छिन् । खत्रीलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ । सोही फ्ल्याटमा नबस्ने भएकाले खत्रीलाई पक्राउ गर्न नसकिएको भए पनि उनको खोजी कार्य भइरहेको र पक्राउ गरिने प्रहरी उपरीक्षक मोहन थापाले बताए ।

प्रहरीले छापा मारी त्यसमा कार्यरत ८ जना युवतीको उद्धार गरेको छ । ती युवतीले दिएको जानकारी अनुसार उक्त यौन अड्डा २ महिनादेखि सञ्चालन भइरहेको छ । त्यसभन्दा अगाडि स्थितिको बारेमा भने आफूहरुलाई जानकारी नभएको युवतीहरुले प्रहरीलाई बताएका छन् ।

प्रहरीले आठै युवतीको बयान प्रमाणित गरी माइती नेपाल बुझाइएको छ । भारतीयसहित पोखरा, धनुषा , उदयपुर र पूर्वी जिल्लाका युवतीलाई राखेर यौन शोषण गर्ने खत्री विरुद्ध मानव बेचविखनको मुद्दा दर्ता गरिएको छ ।

होटलमा हुने यौन व्यवसायमा प्रहरीले कडाई गरेपछि यौन व्यवसाय गर्नेहरु गाउँ पसेको डिएसपी थापाको बुझाई छ । विशेष सूचनाका आधारमा छापा मारिएको यौन अखडामा यौन पिपासुहरुलाई छान्न दिएर युवती पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार सञ्चालिका खत्रीले पुरुषलाई युवतीको तस्बिर देखाएर मोलमोलाई गर्ने गरेकी थिइन् । ‘त्यसैको आधारमा छानेर लैजान्थे,’ उद्धार गरिएकी एक युवतीले भनिन् ।

उनीहरुले आफूलाई दमकदेखि काँकरभिट्टासम्म लैजाने गरेको प्रहरीलाई बताएका थिए । त्यसबापत अखडा सञ्चालक खत्रीले एक रातको ७ र एक पटक बसेको ३ हजारसम्म लिने गरेकी थिइन् । सञ्चालक खत्रीले ३ देखि ७ हजारसम्म लिए पनि युवतीलाई ५ सय देखि १ हजारसम्म मात्र दिने गरेको खुलेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV