प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न ‘ढिला नगर्ने’ « Nagarik Khabar

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न ‘ढिला नगर्ने’



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन गर्न सैद्धान्तिक सहमति दिएको हो ।

‘सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुपर्छ । त्यसका लागि तपाईंलाई ढोका खुला छ तर छिटो गर्नुस् । बाहिर मन्त्रिपरिषद् पुनर्गठनको धेरै हल्ला भएको छ । यसले सरकारको कामलाई ढिलासुस्ती गराउँछ,’ बैठकमा सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको थिए ।

एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्न ढिला नगर्ने बताएका थिए । ‘प्रधानमन्त्रीले ढिला नगर्ने भन्नुभएको छ । उहाँको विशेष अधिकार भएकाले जति बेला पनि मन्त्रिहरु हेरफेर गर्ने सम्भावना छ,’ उनले भने । यस विषयमा ओलीले सोमबार निर्णय गर्न सक्ने बताइएको छ ।

आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: