कुमार पौडेल हत्या प्रकरणमा प्रहरीको गल्ती ढाकछोप गर्दै गृह « Nagarik Khabar

कुमार पौडेल हत्या प्रकरणमा प्रहरीको गल्ती ढाकछोप गर्दै गृह



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माओवादीका नेता नेता कुमार पौडेलको हत्यामा संलग्न प्रहरीलाई कारबाहीको सिफारिस गरे पनि सरकारले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन ।

इन्काउन्टरमा पौडेल मारिएको प्रहरीले दाबी गरिरहेका बेला राष्ट्रिय मानअधिकार आयोगले उनलाई नियन्त्रणमा लिगेर हत्या गरेको ठहर गर्दै संलग्नलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो ।

कात्तिक ४ गते छानबिन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कात्तिक ५ गते प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेको समाचारअनुसार आयोगले बोधार्थ किटान गरेर प्रतिवेदनसहितको फाइल पठाए पनि दोषीमाथि कारबाहीका लागि अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मानवअधिकार महाशाखाका सहसचिव कुशलचन्द्र सुवेदीले प्रतिवेदन पत्र प्राप्त भए पनि कारबाही प्रक्रिया अघि नबढेको बताए ।

‘हामीकहाँ प्रतिवेदन प्राप्त भएको छ, यसबारे कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘यदि हामीसँग सम्बन्धित रहेछ भने यहींबाटै कारबाही हुन्छ, नत्र कारबाहीका लागि सम्बन्धित निकायमा पठाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: