बंगलादेशमा ग्यास लिकपछि विस्फोट, ७ जनाको मृत्यु « Nagarik Khabar

बंगलादेशमा ग्यास लिकपछि विस्फोट, ७ जनाको मृत्यु



एजेन्सी । बंगलादेशमा एक ग्यास पाइपलाइनमा विस्फोट भएको छ । उक्त विस्फोटमा परी हालसम्म ७ जनाको मृत्यु भएको छ ।

उत्तरी चिटगाउँ शहरनजिकै एक बन्दरगाहमा उक्त विस्फोट भएको समाचारमा जनाइएको छ । प्रहरीका अनुसार उक्त शहरको पैथोरघाट इलाकामा उक्त विस्फोट भएको हो ।

घटनाको पुष्टि गर्दै डेपुटी पुलिस कमिस्नर मेहन्दी हसनले घटनामा परी कम्तीमा पनि १७ जना घाइते भएको बताए । घाइतेमध्ये ७ जनाको अस्पतालमा मृत्यु भएको उनको भनाइ थियो ।

(प्रतिकात्मक तस्बिर)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: