८ गुणाभन्दा बढी महंगो भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छोडिन् प्याज « Nagarik Khabar

८ गुणाभन्दा बढी महंगो भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छोडिन् प्याज



एजेन्सी । बंगलादेशमा प्याजको मूल्य अत्यधिक रुपमा वृद्धि भएको छ । भारी मात्रामा मूल्यवृद्धि भएपछि बंगलादेश सरकारले हवाई माध्यमबाट प्याज आयात गर्ने निर्णय गरेको छ ।

बंगलादेशका एक अधिकारीले सरकारले हवाई मार्गबाट प्याज आयात गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि प्रधानमन्त्री शेख हसिनाले आफ्नो भोजनको सूचीबाट प्याज हटाएकी थिइन् ।

भारतले निर्यात रोकेपछि उसका छिमेकी राष्ट्रहरुमा प्याजको मूल्यमा अत्यधिक वृद्धि भइरहेको छ । त्यसैको प्रभाव बंगलादेशमा पनि परेको हो ।

सामान्यतयाः बंगलादेशमा ३० टाका (बंगलादेशी रुपैयाँ) प्रतिकिलोमा बिक्री हुने प्याजको मूल्य बढेर अहिले २६० टाका पुगेको छ । प्याजको मूल्यमा भएको यो ८ गुणाभन्दा बढीको बढोत्तरी हो ।

भारतले खराब मौसमका कारण प्याज उत्पादन हुन नसकेको भन्दै निर्यात रोकेको थियो । प्याजको मूल्यमा वृद्धि भएसँगै बंगलादेश सरकारले म्यान्मार, टर्की, चीनलगायतका राष्ट्रबाट आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: