इमर्जिङ एसिया कप क्रिकेटः नेपालद्वारा १३९ रनको लक्ष्य « Nagarik Khabar

इमर्जिङ एसिया कप क्रिकेटः नेपालद्वारा १३९ रनको लक्ष्य



काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १३९ रनको चुनौति पेस गरेको छ ।

बंगलादेशको ढाकास्थित कृरा शिक्खा मैदानमा टस हारेर पहिले व्याटिङमा आएको नेपालले ४४.३ ओभरमा १३८ रन बनाएको थियो । विगत दुई खेलमा खराब पर्दशन गरका ओपनर ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कुशल भुर्तेलले १० तथा मल्लले २२ रन बनाए ।

नेपालका नवौं विकेटकालागि करण केसीसँग अर्धशतकीय साझेदारी गरेका सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए । यस्तै, करण केसीले १८ तथा आरिफ शेखले ११ रन बनाउनु बाहेक अन्य व्याट्सम्याने दोहोरो अंकमा रन बटुलने सकेन ।

बंगलादेशका सुमोन खान र मिनहाजुल अविदीन अफ्रिदीले समान ३–३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: