बालुवाटारमा मिर्गौलापीडितको प्रदर्शन, पूर्ववत सहयोग गर्न माग « Nagarik Khabar

बालुवाटारमा मिर्गौलापीडितको प्रदर्शन, पूर्ववत सहयोग गर्न माग



काठमाडौं । मिर्गौलापीडितले आफूहरुलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत ढंगल उपलब्ध गराउन माग गरेका छन् । यस्तो माग राख्दै उनीहरुले सोमबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन् ।

मिर्गाैलापिडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पिडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् ।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए । प्रधानमन्त्री स्वयम् मिर्गौलापिडित भएर पनि आफूहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मिर्गाैलापिडितले आन्दोलन घोषणा गरेका छन् । आफुले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीप्रति आक्रोश पोखे ।

पीडितहरुले जीविकोपार्जन बापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निःशुल्क हेमोडाइलाइसिस, बिरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डायलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् । उनीहरुले माग सम्बोधन नभए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि पिडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माइतीघर मण्डला सम्म आएका थिए । उनीहरुले मण्डलामा पनि केही समय प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: