ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता « Nagarik Khabar

ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता



काठमाडौं । ज्योति विकास बैंकको रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसँग रेमिट सेवाको लागि सम्झौता भएको छ ।
एक कार्यक्रमकाबीच ज्योति विकास बैंक र जेएमई रेमिटबीच उक्त सहकार्य सम्झौता भएको हो ।

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका हुन् ।

जेएमई रेमिटले स्थापना काल देखिनै जापानबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ । यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिने छ । ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट जेएमई रेमिटको देशर विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

साथै, यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवाप्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट ३० अर्ब रूपियाँभन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई २६ अर्व रूपियाँभन्दा बढि लगानी गर्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: