नेपाल बैंकले १५ प्रतिशत बोनश दिने « Nagarik Khabar

नेपाल बैंकले १५ प्रतिशत बोनश दिने



काठमाडौं । नेपाल बैंक लिमिटेडले २३ वर्षपछि लगानीकर्तालाई लाभांश दिने भएको छ ।

नेपाल बैंक सञ्चालक समितिको बैठकले आफ्नो चुक्ता पुँजीबाट १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको बैंकले जनाएको छ ।

नेपाल बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैंया छ । १५ प्रतिशत बोनश शेयरपछि सो पुँजी ११ अर्ब २८ करोड रुपैंया पुग्नेछ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लगानीकर्तालाई प्रतिफल दिनसक्ने अवस्थामा पुगेको भन्दै नेपाल बैंकको समृद्धिको युग सुरु भएको बताए । उनले नेपाल बैंक अब बजारमा प्रतिस्पर्धात्मक ढंगले अघि बढ्ने बताउँदै अब नेपाल बैंकलाई नयाँ पुस्ताको मानक बैंकको रुपमा स्थापित गर्नेतर्फ अघि बढेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: