जथाभावी सडक खन्दा पदमार्ग मासियो (भिडियोसहित)


SHARES

काठमाडौं । नेपालमा आउने पर्यटकमध्ये धेरै ट्रेकिङमा जाने गर्दछन् । उनीहरु जाने ठाउँमा पदमार्ग हुँदै नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा पुग्ने गर्दै आएका छन् ।

तर, पछिल्लो समय विकासका नाममा निर्माण गरिएका सडकले पदमार्ग मासिँदै गएको पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरु बताउँछन् । यस क्षेत्रमा देखिएको समस्या, यसका समाधानबारे अन्नपूर्ण ट्रेक्स एण्ड एक्स्पिडिसनका प्रबन्ध निर्देशक कामी शेर्पासँग कुराकानी प्रस्तुत गरिएको छ ।

एभरेष्ट ट्रायल रेस अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता आठ वर्षदेखि दोलखाको जिरीबाट शुरु गरिँदै आएको थियो । तर, प्रतियोगिताको नवौं संस्करण यस वर्ष सोलुखुम्बुको पत्तालेबाट शुरु गरियो ।

सन् २०११ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको साहसिक प्रतियोगिताको रुपमा लिइने उक्त उक्त प्रतियोगिताको स्थान शुरु गर्नुका कारण विकासका नाममा भएका प्राकृतिक विनाश हो । विदेशमा समान्यतः १५० किलोमिटर दूरीको अल्ट्रा रेस नेपालमा १७५ किलोमिटर दूरीको हुँदै आएको छ । यसका लागि सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले प्रयोग गरेको पदमार्ग प्रयोग गरिन्थ्यो । यस पटक प्रतियोगिता हुने ठाउँ परिवर्तन गरिएको छ ।

गाउँगाउँमा विकास लैजाने नाममा तेन्जिङ र हिलारीले सगरमाथा आरोहण जाँदा प्रयोग गरेका पदमार्ग मासिएको छ । त्यसको ऐतिहासिकतालाई बेवास्ता गर्दै त्यस ठाउँमा सडक निर्माण गरिएको छ ।

यहाँ मात्रै होइन, धेरै ठाउँमा पदमार्ग मासेर सडक निर्माण गरिएको छ । यो क्रम बढ्दो छ । यसले नेपालको पदयात्रा गन्तव्य नै मासिँदै गएको छ । पदयात्रामा आएका पर्यटकहरु सडकबाट यात्रा गर्न रुचाउँदैनन् ।

नेपालमा रहेका पदयात्रा पदयात्रा संरक्षण गर्नु पर्दछ । यस्ता क्षेत्रमा सडक निर्माण पूर्व अन्तर्राष्ट्रिय संगठनसँग समेत अनुमति लिनुपर्ने हुन्छ । संरक्षण क्षेत्रमा जथाभावी सडक खन्न मात्र होइन, हर्न समेत बजाउनु निषेध हुन्छ । त्यसैले स्थानीय सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ । यस विषयलाई गम्भीरतापूर्वक नलिए नेपालको पर्यटन क्षेत्र धरासायी बन्छ ।

पर्यटकीय दृष्टिकोणबाट महत्त्वपूर्ण गन्तव्यहरुको छनोट र संरक्षणमा सरकार लाग्नु पर्दछ । संवेदनशील क्षेत्रहरुको विशेष योजनासहित संरक्षण गर्नु आवश्यक छ ।

प्रतियोगिताबाट पर्यटन प्रवर्द्धन

एभरेष्ट ट्रायल रेस अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता नेपाललाई चिनाउने महत्त्वपूर्ण माध्यम बनेको छ । किनकि, यस प्रतियोगितामा सहभागी खेलाडीहरु विभिन्न मुलुकका हुन्छन् । उनीहरुले देश विदेशमा ख्याती कमाइसकेका हुन्छन् । त्यसैले उनीहरु सहभागी प्रतियोगितालाई विश्वका ख्यातीप्राप्त सञ्चार माध्यमले कभरेज गर्दछ ।

यसका साथै ती खेलाडीहरुले पत्रकार को टोली पनि लिएर आउने गरेको छ । त्यसैले नेपालको पर्यटन गन्तव्यको प्रचारप्रसारमा यस प्रतियोगिताले विशेष सहयोग गर्दै आएको छ ।

नवौं संस्करणसम्म आइपुग्दा नेपालसँगै विश्वका विभिन्न मुलुकका ५०० जनाभन्दा बढी खेलाडी सहभागी भइसकेका छन् ।

पर्यटन क्षेत्रमा विकृति

नेपालको पर्यटन क्षेत्रका लागि कानुन प्रभावकारी छैन । पछिल्लो समय विदेशीहरुले गु्रप बनाएर पर्यटनसम्बन्धी काम गरिरहेका छन् ।

उनीहरुको यस्तो कामले नेपालले पाउने कर समेत नपाउने अवस्था आएको छ । वैधानिक रुपमा सञ्चालन भइरहेका पर्यटनसम्बन्धी नेपाली कम्पनीहरु बाधा पुगेको छ । नेपालीहरुको रोजगारी खोसिएको छ ।

यस्तै, विदेशी पर्यटकहरु गाइडबिना नै नेपालका विभिन्न स्थान घुम्न जाने गरेका छन् । त्यसैले सरकारले यो विषयमा ध्यान दिन जरुरी छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV